June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेकपाको सचिवालाय बैंठकमा प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुने

नेकपाको सचिवालाय बैंठकमा प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुने

मंसिर १३, काठमाडौं –
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्ने तय भएको छ । राजनैतिक समिकरण परिवर्तन भएन १ बजेदेखि सचिवालय बैंठक बस्ने समय तय भएको हो । सचिवालय बैंठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ कडा रुपमा राख्न लागेका छन् ।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनीलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको जवाफ तयार पारेका छन् ।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । यसबाट प्रधानमन्त्री ओली बैंठकमा अझ कडा रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ ।

गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।

पछिल्ला समय ओलीले सरकार वा पाटीको मध्ये एकको नेतृत्व छोडनु पर्ने माग उठदै आएको छ । साथै, मन्त्रीहरुको भूमिका प्रभावकारी नभएका कारण मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।