June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

महासंघका चारजना मतदातालाई कोरोना संक्रमण

महासंघका चारजना मतदातालाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४ औं साधारणसभाको अन्तिम दिन आज मतादानको कार्यक्रम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेर शुरु भएको सभामा बन्दशत्र पनि भर्चुअल रुपमा नै सम्पन्न भएकोको थियो । चुनाबका दिन भने केही समस्या देखिएको छ । चुनावमा सहभागि हुने चार मतदातालाई कोरोना संक्रमण भएको पाइएपछि चुनाबमा कठिनता आएको छ ।


सामान्य लक्ष्ण मात्र देखिएका उनीहरुलाई महासंघले प्रज्ञा प्रतिष्ठानका छुट्टै मतदान गर्ने व्यवस्था गरेको जनाएको छ । चैतमै हुनपर्ने साधारणसभा कोरोना महामारीका कारण झण्डै ८ महिना ढिला गरी भएको हो । त्यस्मा पनि चार जनामा कोरोना संक्रमण देखिएपछि चुनावमा चुनैती देखिएको छ । चुनावमा मतदान गर्दा भन्दा पनि मतपरिमाण गन्दा समस्या देखिएको छ ।


कोरोना जोखिमकै कारण मतदान पनि तीन स्थानमा राखिएका छन् । प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहलाई मतदानको व्यवस्था मिलाइएको छ । मतदानमा सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरिउको छ । मतादाताले एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न पाउने छैनन् ।


वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । हाल निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि प्रतिश्पर्धामा रहेका ढकाल र प्रधान दुवै जना अहिले उपाध्यक्ष छन् ।

निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा छन् । महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।