June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ओलीको जवाफ बन्द खामभित्र, अध्ययनपछि १६ गते अर्को बैठकमा छलफल हुने

ओलीको जवाफ बन्द खामभित्र, अध्ययनपछि १६ गते अर्को बैठकमा छलफल हुने

नेकपा केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लिखित प्रस्ताव पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।


गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले एकल प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ ओलीले आजको बैठकमा दिएका छन् ।
बालुवाटारमा बसेको बैठकले फेरि १६ गते १ बजे बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए । नेकपाले आगामी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ ।