June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जगदम्वाको फलाम गलाउने भट्टी पडकिदा चार कामदार घाइते

जगदम्वाको फलाम गलाउने भट्टी पडकिदा चार कामदार घाइते

वीरगंज ः वीरगंज–पथलैया औद्योगिक कोरिडोरका सिमरा रहेको जगदम्बा स्टीलमा फलाम गलाउने भट्टी पडकिदाँदा चारजना कामदार घाइते भएका छन् । बिहान पौने १ बजे भट्टी पडकिदाँदा दुई जना भारतीय र दुई जना नेपाली कामदार घाइते भएका हुन् । भट्टी पुरानो हुँदा उत्त दर्धटना भएको प्रहरीको अनुमान छ ।

घाइतेमध्ये सर्लाही सख्रौल गापा ६ का ४० वर्षिय विकेन्द्र यादवको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ । वीरगंजस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा यादवको उपचार भइरहेको छ । अर्का सर्लाहीकै बरहथवा नपा ५ का २८ वर्षिय मुकेश साह छन् । त्यसैगरी, भारत विहार मोतिहारीका २६ वर्षीय नइमुीन आलम, शिवान जिल्लाका ४५ वर्षीय जनकदेव यादव पनि घाइते भएका छन् ।

बाँकी तीन जनाको तराई अस्पताल सिमरा र वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीमा उपचार भइरहेको छ ।