June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ फराकिलो मतले निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ फराकिलो मतले निर्वाचित


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ फराकिलो मतले विजयी भएका छन् । किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाब लडेका उनले ६२ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन् ।
लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन झण्डै डेढ दशकदेखि महासंघमा सक्रिय छन् । उदयमान व्यवसायिक समुह लक्ष्मी ग्रुपका श्रेष्ठ भवानी राणाको कार्यसमितिमा वस्तुगत तर्फ सदस्य थिए । उमेशलाल श्रेष्ठ वस्तुगतको उपाध्यक्ष थिए ।

लक्ष्मी गु्रपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ एक सफल व्यवसायी हुन् । पोखराबाट व्यवसायमा उदाएका अञ्जनले महासंघलाई विधि र पद्दतिमा बसाउने लक्ष्य लिएका छन् । उद्योग समितिको सभापति, दुई कार्यकाल राजस्व समितिको सहसभापति भएर र करिब नौ वर्ष रोजगारदाता परिषद्को सदस्य भएर श्रेष्ठले काम गरेका छन् । निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउन राज्यसँग रणनीतिक रुपमा सहकार्य गरेर अगाडी बढ्ने श्रेष्ठको योजना छ ।

नेपाल अटोमोवाइल्स एशोसिएशन (नाडा) मासमेत रहेका श्रेष्ठले अहिलेको अर्थतन्त्रमा देखिएको नीतिगत समस्या हल गर्नुपर्ने बताएका छन् । सरकारले लगानीको सुरक्षा गर्दै लगानीको मैत्री नीति नियम ल्याइदिए मुलुकको अर्थतन्त्र मजवुत बनाउन समय नलाग्ने उनको भनाई छ ।