June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी, अधिकांश सदस्यहरु पनि किशोर समुहका

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी, अधिकांश सदस्यहरु पनि किशोर समुहका

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी भएका छन् । किशोर कुमार प्रधानको प्यानलबाट उठेका उनले ५८ मत पाएका छन । उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाएका छन् । तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका हुन् ।

उद्योग वाणिज्य संघको बागमती प्रदेशको अध्यक्षसमेत रहेका दिनेश श्रेष्ठ सफल व्यवसायी हुन् । श्रेष्ठको भूमिका लामो समयदेखि महासंघमा छ । अघिल्लो निर्वाचनमा वस्तुगत संघको तर्फबाट उपाध्यक्षको भूमिका निभाएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्ष समेत रहेका उनले महासंघलाई सबै उद्योगी व्यवसायीको छाता संगठनका रुपमा विकास गरेर लैजाने बताएका छन् ।

महासंघको जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यको नतिजा पनि आएको छ । पछिल्लो नतिजाअनुसार जिल्ला नगका सदस्यहरुको मतगणना सकिदा १८ जना विजयी भएका छन् ।

यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।

राजन श्रेष्ठ ७९ तारानाथ अधिकारी ७२ कमलकुमार श्रेष्ठ ७० चक्रबहादुर अधिकारी ६७ अरुनराज सुमार्गी ६६ देबकुमार श्रेष्ठ ६४ रामेश्वर मानन्धर ६३ शोभाकान्त पौडेल ७० सुरकृष्ण वैद्य ६१ गजृन्द्र भगत ६८ कुविरकुमार श्रेष्ठ ५८ कमानबहादुर खड्का ६२ मत ल्याएर विजयी भए ।

त्यस्तै ५८ गोपाल केडिया ५५ महेन्द्र कुमार श्रेष्ठ ५४ कमलकुमार श्रेष्ठ ५३ उमेश डालमालिया ५३ किशोरकुमार आचार्य ५२ मत ल्याएर विजयी भएका छन् ।