June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

मंसिर १४, काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाएका छन् ।

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र  प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी  ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे।

  निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे। यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन्।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भइसकेका छन् ।

यस्तो आयो टिम

  • अध्यक्ष : शेखर गोल्छा (विधानअनुसार)
  • वरिष्ठ उपाध्यक्ष : चन्द्र ढकाल
  • जिल्लानगर उपाध्यक्ष : दिनेश श्रेष्ठ
  • वस्तुगततर्फ उपाध्यक्ष : अञ्जन श्रेष्ठ
  • एसोसियट उपाध्यक्ष : रामचन्द्र संघाइ

जिल्लानगर सदस्यहरू

  • राजन श्रेष्ठ
  • तारानाथ अधिकारी
  • कमलकुमार श्रेष्ठ
  • चक्रबहादुर अधिकारी
  • अरुणराज सुमार्गी
  • देवकुमार श्रेष्ठ
  • रामेश्वर मानन्धर
  • शोभाकान्त पाैडेल
  • सुरकृष्ण वैद्य
  • गजेन्द्र भगत
  • कुबिरकुमार श्रेष्ठ
  • कमानबहादुर खड्का
  • डिबी बस्नेत
  • गोपाल केडिया
  • महेन्द्र कुमार श्रेष्ठ
  • कमलकुमार श्रेष्ठ
  • किशोरकुमार आचार्य
  • उमेश डालमिया

एसोसियट सदस्यहरू

  • अम्बिका पाैडेल
  • अविनाश बोहाेरा
  • आनन्द कुमार बोहारा
  • गोपाल खनाल
  • ज्योत्सना श्रेष्ठ
  • देशबन्धु बस्नेत
  • प्रवलजंग पाण्डे
  • भरत आचार्य
  • रञ्जित आचार्य
  • राजेश अग्रवाल
  • विजयसिंह व‌ैद्य
  • शक्ति वेथानी
  • शाहिल अग्रवाल
  • शैलेन्द्र गुरागाई
  • सुशील थापा
  • सञ्जय गिरी
  • हेमन्त गोल्छा

वस्तुगत सदस्यहरू

  • नरेश लाल श्रेष्ठ
  • सुमित कुमार केडिया
  • आकाश अधिकारी
  •  प्रकाश सिंह कार्की
  •  भक्तबहादुर हमाल
  •  सुबोध कुमार गुप्ता
  •  हेमराज ढकाल
  • अरनिको राजभण्डारी
  • गोबिन्द ढुंगेल
  • मनिष लाल प्रधान
  • मीनमान श्रेष्ठ
  • विष्णु प्रसाद गैरे
  • सन्दिप कुमार अग्रवाल
  • सुकुन्तलाल हिराचन