June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राखेपले आज गतवर्ष सम्पन्न १३ औं सागको हिसाब सार्वजनिक गर्ने

राखेपले आज गतवर्ष सम्पन्न १३ औं सागको हिसाब सार्वजनिक गर्ने

मंसिर १४, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आज गतवर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको हिसाब सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले आइतबार पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गर्ने लागेका हुन् ।

खर्च विवरण सार्वजनिक गर्न दिउँसो १ बजे त्रिपुरेश्वरस्थित परिषद् कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर राखेप सदस्य सचिव रमेशकुमार सिलवालले ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् ।

साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो । साग पछि खेलकुद विकास ऐन आएपछि केही समय राखेपमा सदस्यसचिव लगायतको पद रिक्त भएको थियो । पछि सिलवाल नै सदस्यसचिवका रुपमा मनोनित भएका थिए । दक्षिण एसियाली खेलकुद साग सफलताका साथ सम्पन्न गरेको जस लिएका सिलवाल अघिल्लो वर्ष असार महिनामा पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका थिए । सरकारले ३ अर्ब भन्दा बढी सागका लागि विनियोजन गरेको थियो ।

सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्यसचिव सिलवालको सुशासन र पारदर्शिताको नारामाथि प्रश्न उठ्दै आएको छ । साग आयोजना तथा सामान खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप राखेपसमक्ष लाग्दै आएको छ । पछिल्लो समय सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता भएको भनेर छानविन समितिले राखेपलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।