June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

साल्ट ट्रेडिङ् कर्पोरेशनसहित अन्य तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ् कर्पोरेशनसहित अन्य तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ मंसिर, काठमाण्डौ ।


साल्ट ट्रेडिङ् कर्पोरेशनसहित कुमारी बैंक र रिडी हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज आइतवार अन्तिम दिन रहेको छ । ती तीन ओटै कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएकाले आइतवार नै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो ।
यसका लागि नयाँ शेयरधनी बन्न शेयर खरीद गर्नुपर्ने छ भने साविकका शेयरधनीहरुले आइतवारसम्म शेयर सुरक्षित राख्नुपर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत कर सहित लाभांश प्रस्ताव गरेको छ भने कुमारी बैकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यस्तै, रिडी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कुमारी बैंकले मंसिर २९ गतेको लागि लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, रिडी हाइड्रोले मंसिर २६ गते र साल्ट ट्रेडिङ् कर्पोरेशनले मंसिर ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।