June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

१३ औँ सागको खर्चः १ अर्ब ३७ करोड रुपैयाँ खर्च, २ करोड खर्चगर्न नसकेर फ्रिज

१३ औँ सागको खर्चः १ अर्ब ३७ करोड रुपैयाँ खर्च, २ करोड खर्चगर्न नसकेर फ्रिज

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दाको हिसाव सार्वजनिक गरिएको छ । प्रतियोगिता भएको ९० दिनभित्र हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले १ वर्षमा हिसाब सार्वजनिक गरेका हुन् । उनले बुधबार पत्रकार सम्मेलन गरेर १ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यक्रममा उनले १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ समयमा खर्च गर्न नसकेर फ्रिज भएको बताएका छन् ।


राखेपाका अनुसार उक्त खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो । त्यस्तै, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको थियो । प्राप्त भएको रकम मध्ये उक्त रकम फ्रिज भएको हो । उक्त आम्दानीको तुलनामा खर्चअनुसार संलग्न विवरण बमोजिम १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ, बैंक मौज्दात ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ खर्च भएको छ ।


काठमाडौं, पोखरा र जनकपुर गरी तीन स्थानमा भएको प्रतियोगितामा काठमाडौं सचिवालयका लागि ६ करोड ७४ लाख ५६ हजार ४ सय ७९ रुपैयाँ ५ पैसा खर्च भएको जनाएको छ । यस्तै पोखराका लागि ७ करोड ६२ लाख ९८ हजार २ सय २४ र जनकपुरका लागि ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च गरेको छ ।