June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

काठमाण्डौ आउदै गरेको हेलिकोप्टर चरासँग ठोक्किएपछि आकस्मिक अवतरण

काठमाण्डौ आउदै गरेको हेलिकोप्टर चरासँग ठोक्किएपछि आकस्मिक अवतरण

१४ मंसिर, काठमाण्डौ ।


बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। आकाशमा उडिरहेको हेलिकोप्टरमा अचानक चरा आएर ठोक्किएको थियो ।
उडिरहेको हेलिकोप्टरमा चरा आएर ठोक्किदा हेलिकोप्टरको अगाडिको सिसा पूर्ण रुपमा फुटेको छ भने हेलिकोप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको भने घुँडामा सामान्य चोट लागेको छ ।
उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइसकिएको छ ।