June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कास्कीमा कोरोना संक्रमितका लागि भाडामा भेन्टिलेटर उपलव्ध गराइने

कास्कीमा कोरोना संक्रमितका लागि  भाडामा भेन्टिलेटर उपलव्ध गराइने

मंसिर १४, काठमाडौं ।
अस्पतालहरुमा भेन्टिलेटर तथा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि पोखरामा भाडामै भेन्टिलेटर उपलव्ध गराइने भएको छ । नेपाल भेन्टिलेटर सर्भिस कास्कीले आइतबार पत्रकार सम्मेलन गरी संक्रमित बिरामीका लागि भाडामै भेन्टिलेटर उपलब्ध गराउने बताएको हो ।

अक्सिजनबाट बिरामीको ज्यान जोगाउन सकिने विश्वाससाथ काठमाडौंपछि सर्भिसको शाखा सञ्चालनमा ल्याइएको हो । माग अनुसार सरकारी, सामुदायिक र निजी अस्पतालमा उपचाररत बिरामीका लागि भेन्टिलेटर उपलब्ध गराउने भेन्टिलेटर सर्भिस कास्कीले जनाएको छ । संस्थाले पहिलो चरणमा ४ वटा भेन्टिलेटर र हाइफ्लोज नोजल क्यानेलाबाट बिरामीलाई अक्सिजनको मात्रा प्रवाह गर्नेछ । संस्थाले ल्याएका ती उपकरण हाल मेडिप्लस अस्पतालमा राखिएको छ ।

आवश्यकता अनुसार सरकारी अस्पतालले १ हजार, सामुदायिकले २ हजार र निजी अस्पतालले ३ हजार सर्भिस चार्ज प्रतिदिन तिरेर भेन्टिलेटर प्रयोग गर्न पाउने छन् । यसैगरी क्यानेला बापत सरकारी अस्पतालले ३ सय, सामुदायिकले ५ सय र नीजिले ७ सय रुपैयाँ तिर्नुपर्ने छ । भेन्टिलेटर सर्भिस कास्कीले हाल एउटा मात्रै भेन्टिलेटर आफूहरुसँग भए पनि यसलाई १० वटासम्म पु¥याउने लक्ष्य लिएको छ । गण्डकी प्रदेशमा कोरोना उपचारका लागि तोकिएका ६ सहित १९ अस्पतालमा २ सय ३२ आईसीयू र ६८ भेन्टिलेटर छन् ।