June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सैन्य तालिम र शिक्षार्थी आदान–प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत

सैन्य तालिम र शिक्षार्थी आदान–प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत

मंसिर १४, काठमाडौं ।
चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्हे कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न सहमत भएका छन् । आइतबार उनले जंगी अड्डाको निरीक्षण भ्रमण र प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तापछि जंगी अड्डामा फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् । चिनियाँ रक्षामन्त्री र प्रधानसेनापती पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उनले सो सहमति व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालको औपचारिक भ्रमणका क्रममा फेंग्हेले पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

छलफल परराष्ट्र मन्त्रालका प्रतिनिधि पनि उपस्थित थिए । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायत द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन चिनियाँ रक्षमन्त्रीले दिएका छन् । यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।