June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

मंसिर १४, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका हुन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् ।

११ देखि १३ मंसिरसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् । अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराएका थिए ।