June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

स्वीट्जरल्याण्डले दिने १ अर्ब २५ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

स्वीट्जरल्याण्डले दिने १ अर्ब २५ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

मंसिर १४, काठमाडौं ।
सरकारले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणअन्तर्गत स्वीट्जरल्याण्ड सरकारले दिने १ अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले स्वीट्रल्याण्ड सरकारबाट प्राप्त हुने ९ दशमलव ५४ मिलियन स्वीस फ्रेंक अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताए । यस्तै बैठकले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने, जिल्ला समन्वय समिति महासंघ नेपाललाई कार्यालय सञ्चालनका लागि १५ लाख अनुदान दिने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयको व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको मस्यौदामा सैद्धान्तिक स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

आगामी मंसिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मंसिर १८ र १९ गते हुने नेपाल भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको भर्चुअल बैठकमा भाग लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यस्तै सरकारले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज इ १८० मोडलका कारहरु परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति पनि दिएको प्रवक्ता गुरुङले बताए ।