June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

श्वासप्रश्वासमा समस्या आएपछि सन्दीप लामिछाने ह्याम्स अस्पतालमा भर्ना

श्वासप्रश्वासमा समस्या आएपछि सन्दीप लामिछाने  ह्याम्स अस्पतालमा भर्ना

मंसिर १५, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।