June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनमा लगानी कति फाइदा ? जानकार भन्छन्, छैन !

सुनमा लगानी कति फाइदा ? जानकार भन्छन्, छैन !

विश्वबजारमा सुनको मूल्य बढदो अवस्थामा छ । केही समय अगाडिसम्म दिन दुई रात चैंगुण बढेको सुन केहीदिन यता घटेको छ । सुनको मूल्य आकासिदा आम लगानीकर्ता यस्को खरीदबाट टाढा नै छन् । तर सुनका पारखीहरु भने सुन खरीद गर्न छोडेका छैनन् । सुनमाथिको लगानी बढेको समय सुनमा लगानी कति फाइदा त्यो खोजी गर्नुपर्ने समय भएको छ ।


आम मानिस सुनको लगानीलाई समाजिक प्रतिष्ठा र अभरको गर्जेटार्ने साधनका रुपमा मान्छन् । अर्केतर्फ सुन प्रति ऐतिहासिक धारणा पनि छ । इतिहास र संस्कृतिमा सुनलाई महत्व दिइएकोे कारण, सुन लगानीका लागि राम्रो छैन भनेर सर्वसाधारण मान्न तयार हुदैनन् । हामी सुनलाई एक सम्पत्ति मान्छौं । सुनलाई त्यस्तो मुद्रा मानिन्छ जसले प्रत्येक ऐतिहासिक समस्यामाथि विजय हासिल गर्न सफल भएको छ ।


राजा महाराजाहरुले सुनलाई नै सम्पत्ति माने । बिजय र हारमा सुनलाई नै आफू सुरक्षित हुने माध्यम माने । सुन बहुमूल्य छ किनकी प्रत्येक व्यक्ति विश्वास गर्दछ कि यो बहुमूल्य छ । धेरै व्यक्तिको लागि, यो धारणा पर्याप्त हुन्छ । यद्यपि यसको आधुनिक मान्यता अनुसार गम्भिर भएर निर्णय नलिदासम्म सुनमा लगानी गर्ने निर्णय नगर्नु विवेकी निर्णय हुनेछ ।


सुनमा लगानी गर्नु बेफाइदा
सुन प्रत्येक नेपाली परिवारको एक महत्वपूर्ण हिस्सा हो । सुनको बारेमा परम्परागत धारणामा यो एक सरल र धेरै उपयोगी लगानी हो, खराब समयको सहारा हो । तसर्थ प्रत्येक परिवारले सुनमा लगानी गर्नुपर्दछ । यस धारणामा विश्वास गर्नेहरू सोच्छन् कि सुन सजिलैसँग बिक्री गरेर पैसा कमाउन सकिन्छ । यति मात्र होईन, यसबाट उच्च मूल्य पाउने आशा पनि रहन्छ । सुनको बारेमा दोस्रो र थोरै आधुनिक सोच यो अरु वस्तुहरु जस्तै साधन हो । जो बचतको सन्दर्भमा फाइदाजनक हुँदैन ।

कानूनी रुपमा पनि सुनलाई एक लगानीको माध्यमका रुपमा लिइन्छ । तर केहि कारण यो राम्रो लगानी होईन । फेरी प्रश्न आउन सक्छ कुन मापदण्डका आधारमा लगानी राम्रो वा नराम्रो मानिन्छ त ? यसको सरल उत्तर हो यसबाट आउने रिटर्न, तरलता, स्थिरता जस्ता कारणले लगानी राम्रो होइन । सुनमा लगानीको बास्तविकता खोज्दा सुनमा लगानीको राम्रो विकल्प भेट्न सकिदैन् ।


प्रश्न यो पनि छ कि प्रतिफल नै एक मात्र कारण हो जसमा सुनलाई राम्रो लगानीको रूपमा लिन सकिदैन ? यस्तो पनि होइन रिटर्न बाहेक पनि त्यस्ता केही कारणहरू छन्, जसको कारण सुनलाई राम्रो लगानी भन्न सकिदैन । सुन यस्तो श्रेणीको लगानी हो जसबाट केही पनि उत्पादन हुँदैन । सुन मूल्यवृद्धिको अवधारणामा मात्र छ जहाँ आम सर्वसाधारण बेच्ने क्रममा कोही यसको लागि बढी तिर्न इच्छुक देखिन्छन् ।

इक्विटी, बन्ड वा अन्य योजनाहरु बाहेक सुनमा लगानी गरिएको पैसाले अर्थव्यवस्थामा योगदान पु¥याउँदैन । समान पैसा व्यापारमा वा अरु कुनै उत्पादक आर्थिक क्रियाकलापमा खर्च गरेर राम्रो धन कमाउन सकिन्छ । त्यो पैसा अरु पनि धेरै ठाउँको लगानीमा बढ्न सक्छ । सुनले यस्तो क्षेत्रकमा कुनैपनि भूमिका खेल्दैन् । तपाईंले खरिद गर्नुभएको सुनको मात्रा उतिकै रहनेछ । सम्पत्ति दृष्टिकोणबाट पनि तपाईंको सम्पत्ति उतिकै रहन्छ । बेचेर धेरै कमाउँने आशामा गरिएको लगानी अन्तत नेपाल जस्तो मुलुकमा घाटामा हुन्छ ।


सुनमा लगानी गर्नु आवश्यक छैन ?
उत्तर स्पष्ट छ । वर्तमान वित्तीय प्रणालीका बारे सचेत र अन्य लगानी विकल्पहरु भएकाहरुका लागि सुनमा लगानीको कुनै अर्थ छैन् । यदि त्यस्ता व्यक्तिहरुले सुनमा लगानी गर्छन् भने निश्चित रुपमा यसलाई गलत निर्णय भनिन्छ । सुनमा लगानी वित्तीय क्षेत्रमा विश्वस नगर्नेहरुको लागि मात्र हो । अर्केतर्फ यो समाजमा रवाफ देखाउँन मात्र प्रयोग हुन्छ । जुन कालन्तरमा गएर घाटामा परिणत हुन्छ ।

सुन हरेक नेपाली परिवारको एक महत्वपूर्ण अंश हो । प्रत्येक परिवार विश्वास गर्छन् कि सुन एक राम्रो र सजिलो लगानी हो । समस्यामा सुन उपयोगी छ । तर के सुन साँच्चै राम्रो लगानी हो ? यदि तपाईंले तथ्यहरुलाई हेर्नुभयो भने, जवाफ आउँछ ’होईन’ । अर्थव्यवस्थामा सुनको पैसाले कुनै भूमिका खेल्दैन । सुनले लगानी भन्दा वैकल्पिक मुद्राको रुपमा काम गर्दछ ।


समस्यामा सुनमा गरिएको लगानी फाइदा हो ?
सुनमा लगानी कुन समय फाइदा हो त ? यस्को प्रश्न उठ्दा एउटै जवाफ आउँछ । त्यो हो, अभरको गर्जेटार्ने समय । यो भनेको तपाई कुनै ठाउँमा समस्यामा पर्नुभयो भने सो समय साथमा नगद भएन भने साथमा भएको सुन बन्दकी राखेर नगद निकाल्न सक्नुहुन्छ त्यो समय भने सुनमा गरेको फाइदा हुनसक्छ । तर यस्तो अवस्थामा आर्थिक दृष्टिले भने फाइदा पुग्दैन । क्षणिक फाइदा भएपनि यस्को घाटा झन डरलाग्दो हुन्छ । यस्तो भैपरिआउँने समयमा ठुलै मुल्य कटाएर समान विक्री वा बन्दकी राख्नुपर्ने हुन्छ । जस्तो कि तपाईसँग लाख रुपैयाको सुन साथमा छ भने तपाईले ६० हजारमा नै समान बिक्री गर्नुभयो भने त्यो समेत ठूलो घाटा हो ।