June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

मंसिर १५, काठमाडौं ।
विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ । सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स बिहान १ बजेतिर एनएल ०१ एल ०३३६ नम्बरको लहरीमा ठोक्किएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।