June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

बैंक अफ काठमान्डूको साधारण सभा आज, १६% लाभांश पारित हुँदै

बैंक अफ काठमान्डूको साधारण सभा आज, १६% लाभांश पारित हुँदै

मंसिर १५, काठमाडौं ।
बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा आज सोमबार (मंसिर १५) गते बस्दैछ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३५ बोनस र कर सहित ३५ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कात्तिक २७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।