June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सेजनद्वारा दुई पत्रकारलाई सेजन अवार्ड प्रदान

सेजनद्वारा दुई पत्रकारलाई सेजन अवार्ड प्रदान

१५ मंसिर, काठमाण्डौ ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले दुई पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ । सेजनले आफ्नो २३ औं वाषिर्कोत्सवका अवसरमा अवार्ड प्रदान गरेको हो ।
सेजन अवार्ड प्राप्त गर्नेमा नागरिक दैनिकका पत्रकार बालकृष्ण ज्ञवाली र क्लिकमाण्डु डटकमका सोभित थपलिया रहेका छन् ।
उनीहरुलाई अर्थमन्त्री विष्णु पौडेलले सोमबार अवार्ड तथा फेलोसिप प्रदान गरेका हुन् ।
वर्षभर छापिएका आर्थिक समाचारबाट उत्कृष्ट ठहर भएका समाचारका आधारमा सेजनले हरेक वर्ष प्रतिव्यक्ति ५० हजार पुरस्कार राशीको सेवन अवार्ड प्रदान गर्दै आएको छ ।
सेजनले साधारणसभाका उपलक्ष्यमा वरिष्ठ आर्थिक पत्रकारहरुलाई सम्मान समेत गर्दै आएको छ । यस क्रममा यो वर्ष लक्ष्मण हुमागाई, एकराज पाठक, लोकबहादुर चापागाई र प्रशन्न चित्रकार सम्मानित भएका छन् ।