June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कात्तिक १८ गतेदेखि हराएका एक जनाको शव सडेगलेको अवस्थामा फेला

कात्तिक १८ गतेदेखि हराएका एक जनाको शव सडेगलेको अवस्थामा फेला

गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।
सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ ।
जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए । रासस ।