June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

काठमाडौंमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, आधा घण्टाभित्रै रिपोर्ट आइसक्ने

काठमाडौंमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, आधा घण्टाभित्रै रिपोर्ट आइसक्ने

१५ मंसिर, काठमाण्डौ ।


सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो ।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान पहिचान गरी सो स्थानमा परीक्षण गर्न लागिएको हो ।


एन्टिजेन परीक्षणमा परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ।
काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा पहिलो भोली र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने छ ।


एन्टिजेन परीक्षण आज महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा परीक्षण गरिनेछ ।
यो एन्टिजेन परीक्षणका लागि १७ हजार किट एनआरएन जापानले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।