June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

एकैदिन २९ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०० नाघ्यो

एकैदिन २९ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०० नाघ्यो

१५ मंसिर, काठमाण्डौ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

हाल देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ।