June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त

मंसिर १५, काठमाडौं ।
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन ्। सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड ङ बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।

गत मंसिर १२ गते बसेको संसदीय सुनुवाइ समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो । श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी आफ्नो कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए ।