June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एआइजी बढुवाका लागि विश्वराज पोखरेल सिफारिस

एआइजी बढुवाका लागि विश्वराज पोखरेल सिफारिस

मंसिर १५, काठमाडौं ।
नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले उनलाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो ।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ । पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । एसपीबाट एसएसपी बढुवामा आफु भन्दा सिनियर ब्याचलाई समेत पछि पारेर बढुवा भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा भएका थिए ।

डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।