June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

विज्ञापन बोर्डले पायो पूर्णता

विज्ञापन बोर्डले पायो पूर्णता

काठमाडौं । विज्ञापन बोर्डले पूर्णता पाएको छ । सोमबार पाँचजना सदस्यको नियुक्ती गरेसँगै बोर्डले पूर्णता पाएको हो । बोर्डमा सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपानेसहित पाँचजना सदस्य नियुक्त गरिएको थियो ।

यस्तै, सामुदायिक रेडियो प्रशारक संघका बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन र संचारकर्मी बलराम थापालाई सदस्यमा नियुक्त गरिएको छ । बोर्डको अध्यक्षमा संचार मन्त्रालयका सह सचिव डिल्लीराम शर्मालाई सरकारले यस अघिनै तोकेको छ ।