June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ३५ लाख ६९ हजार नाघ्यो

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ३५ लाख ६९ हजार नाघ्यो

मंसिर १६, काठमाडौं ।
विश्वमा हालसम्म छ करोड ३५ लाख ६९ हजार ८९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २९८ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६ सय ९७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५६ हजार ६ सय ८७ पुगेको छ ।

अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार करोड ३९ लाख ५२ हजार ७ सय १२ छ । हाल एक करोड ८१ लाख ४३ हजार ७७२ सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार ४८० जना गम्भीर बिरामी रहेका छन् ।