June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

आन्तरिक सुरक्षाको कारण देखाउँदै नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

आन्तरिक सुरक्षाको कारण देखाउँदै नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

१६ मंसिर, काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बसेको हो ।


बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको स्रोतले बताएको छ । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि बालुवाटारबाट सुरक्षाको कारण देखाइ बालुवाटारमै बैठक बस्न भनिएको जनाएको छ ।

सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएको छ । निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।