June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

क्रोएसियाका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित

क्रोएसियाका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित

१६ मंसिर, काठमाण्डौ ।


क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएकामा आन्द्रेजमा पनि संक्रमण पुष्टि भएको हो ।
उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेका तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
हाल उनले घरबाटै आफ्ना कामहरु गरिरहेको पनि सन्चारमाध्यमले जनाएका छन् ।