June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार

१६ मंसिर, काठमाण्डौ । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंसिर १७ गते बुधवारसम्म रहेको छ ।

कम्पनीले हकप्रद शेयरमा निबिकेको १३ लाख ८५ हजार २६८ कित्ता संस्थापक र ४ लाख ६६ हजार ८९ कित्ता सर्वसाधारण शेयर मंसिर १० गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । विक्री प्रबन्धकमा वि.ओ.के क्यापिटल लिमिटेड रहेको छ ।