June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

घट्यो कारोवार रकम, नेप्से सूचक २००० बिन्दुमा पुगेर बन्द

घट्यो कारोवार रकम, नेप्से सूचक २००० बिन्दुमा पुगेर बन्द

१६ मंसिर, काठमाण्डौ ।


केही दिन यता उच्च अंकले बढिरहेको सेयर बजारको गति आज भने घटेको छ । आज नेप्से ३.३५ अंकले बढेर २ हजार दशमलब ४० विन्दुमा पुग्यो भने कारोबार रकम करिब साढे ७ अर्बमा सीमित भयो । यो दिन सोमवारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ ।


मंगलवार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ । नेप्सेका अनुसार आज १९७ कम्पनीका १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपियाँ बराबरको कारोबार भएको छ । आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटा राताम्मे भएका छन् । आज जीवन बीमा समूहमा लगानीकर्ताहरुको आकर्षण देखियो । जीवन बीमा समूह आज सबैभन्दा बढी २१६.८३ अंकले बढेको नेप्सेले जनाएको छ ।


यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबार सँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको रू. ६५ करोड ७९ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको हो । नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.२४ प्रतिशतले घाटा व्यहोरेका छन् ।