June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कतारका ओलम्पिक कमिटी महास सहितको प्रतिनिधि मण्डल बुधबार नेपाल आउँदै

कतारका ओलम्पिक कमिटी महास सहितको प्रतिनिधि मण्डल बुधबार नेपाल आउँदै

मंसिर १६, काठमाडौं ।
कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन सहितको प्रतिनिधि मन्डल बुधबार नेपाल आउने भएका छन् ।

कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।

एकदिने भ्रमका लागि नेपाल आउन लागेका कतारी प्रतिनिधि मण्डलसंगै नेपाल ओलम्पिक कमिटिले बुधबारै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।


प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् । बिहिबार कतारको भ्रमण टोली स्वदेश फर्कने कार्यक्रम रहेको छ ।