June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ज्योति विकास बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको शुरुवात

ज्योति विकास बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको शुरुवात

मंसिर १६, काठामाडौं ।
ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ‘ज्योति स्मार्ट एप’ मार्फत बैंकको काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।

आधुनिक बैंकिङ्ग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।
स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ ।