June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेकपाको आजको बैठकमा ओली नआउने भएपछि बैठक अन्योलमा

नेकपाको आजको बैठकमा ओली नआउने  भएपछि बैठक अन्योलमा

मंसिर १७, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ ।

हिजो मंगलबार बसेको बैठकमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको थियो । दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओलीले बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए । हिजो बसेको उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन् ।

अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने की रोक्ने भन्ने अन्योलता बढेको छ । मंगलबारको बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडी बढ्ने बताए लगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्दै हस्तक्षेप गरेका थिए ।

तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन् उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् ।