June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

चर्को आलोचना हुनेभएपछि आजको सचिवालयमा ओली सामेल नहुँने

चर्को आलोचना हुनेभएपछि आजको सचिवालयमा ओली सामेल नहुँने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने भएका छन् । बुधवार १ बजेका लागि निर्धारण भएको बैंठकमा ओली उपस्थित नहुने भएका हुन् ।


मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहालबीच बाझाबाझको अवस्था सृजना भएको थियो । अन्य नेताहरु समेत ओलीको विपक्षमा भएपछि ओली आज अनुपस्थित हुने स्रोतले बताएको छ ।

मंगलबारको बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताएलगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षप गर्नुभएको थियो ।

तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक बन्नुभएकाले बुधबारको बैठकमा आफू नआउने बताएका थिए । कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो ।

बैठकको अध्यक्षता गरिरहनु भएका दाहालबाट एजेण्डा सुनेपछि बोल्नु भएका ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए ।

नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताउनुभएको थियो । रामबहादुर थापा, ईश्वर पोखरेलले पनि छलफल गरेका थिए ।