चीनको चाङइ-५ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण

चीनको चाङइ-५ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण

मंसिर १७, काठमाडौं ।
चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ । हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको हो ।

चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो । उक्त मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ ।
यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र सामाग्रीहरुको अध्ययन गर्नेछ ।

ल्यान्डरमा क्यामेरा, रेडार, स्कुप, ड्रिल र स्पेक्ट्रोमिटर जडान गरिएको छ । उसले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ ।