June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट

१७ मंसिर, काठमाण्डौँ ।


माउण्टेन इनर्जीको आइपीओ बाँडफाँट भएको छ । माउण्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँट भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ३० हजार २६५ कित्ता सेयर बिक्री खुला गरेको थियो । यो आइपीओमा सर्वसाधारणले ७.६१ गुणा बढी आवेदन दिएका छन् । यसमा आवेदन दिएका ६ लाख ७४ हजार जनामध्ये १ लाख ८३ हजार २६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।
कम्पनीले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २५ अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५५ अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।
सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो । यसले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।