June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

१ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्यो

१ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज १ बजे हुने भनिएको बैठक २ बजेको लागि सरेको छ । महासचिव विष्णुप्रसाद पौडेल केही समय अन्य काममा व्यस्त हुनुपर्ने भएकाले बैठक सारिएको हो ।
मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। हिजो मंगलबार बसेको बैठकमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको थियो । दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओलीले बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेकोे बताएका थिए ।
आज बस्ने बैठकमा ओली र प्रचण्डले पेश गरेको डकुमेन्ट माथि छलफल गर्ने तयारी भएको स्रोतले बताएको छ ।