June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

झण्डै ६० लाख रुपैयाँको लागतमा पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह संचालनमा

झण्डै ६० लाख रुपैयाँको लागतमा पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह संचालनमा

१७ मंसिर काठमाण्डौ ।


पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह संचालनमा आएको छ। झण्डै ६० लाख रुपैयाँको लागतमा एभरेष्ट बैंक लिमिटेडको सहयोगमा निर्माण गरेको वातावरण मैत्री र प्रदुषण रहित शवदाह गृह बुधबारदेखि संचालनमा आएको हो।
एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए । आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक झण्डै ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए।