June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेप्से ७० अंकले बढ्दा कारोबार ७ अर्ब माथि

नेप्से ७० अंकले बढ्दा कारोबार ७ अर्ब माथि

आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । बजार खुलेदेखि निरन्तर बढेको बजार अन्तत बजार बन्द हुँदा ७०.६२ अंकले बढेर २०७१.०२ अंकमा पुगेको हो ।
नेप्सका अनुसार आज २०१ कम्पनीका १ करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९ सय ७२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज जीवन बीमा समूह, अन्य समूह, उत्पादनमूलक समूह, जलविद्युत समूह र लघुवित्त समूहमा मात्रै हरियाली छायो भने बाँकी अरु समूह भने राताम्मे भए । आज जीवन बीमा समूहमा लगानीकर्ताहरुको आकर्षण बढ्योे । आज सबैभन्दा बढी जीवन बीमा समूह ६०८.७३ अंकले बढेको छ ।
आजको दिन सबैभन्दा बढी एनटीसीको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीकास सेयरधनीहरुले सबैभन्दा बढी ९.२४ प्रतिशतले घाटा वेहोरेका छन् ।