June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

१७ मंसिर, काटमाण्डौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । तनहुँमा पुल उद्घघाटनका लागि पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच चर्कीएको विवाद साम्मे पार्न प्रहरीले निषेधाज्ञा जारी गरेको थियो ।
जारी निषेधाज्ञाका वावजुद पौडेल पुल उद्घघाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । त्यसपछि प्रहरीले निषेधाज्ञा तोडेको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।
नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।