June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४९० जनामा संक्रमण

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४९० जनामा संक्रमण

नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा थप ८ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै अहिलेसम्म २ लाख १८ हजार १६१ जना निको भएका छन् ।