June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

प्रहरीले नियन्त्रण गरेको ३ घण्टापछि कांग्रेस नेता रामचन्द्र पौडेल रिहा

प्रहरीले नियन्त्रण गरेको ३ घण्टापछि कांग्रेस नेता रामचन्द्र पौडेल रिहा

मंसिर १७, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीले नियन्त्रण गरेको ३ घण्टापछि रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो ।

आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले निषेधाज्ञा तोडेको आरोपमा नियन्त्रणमा लिएको थियो । तर उनलाई ३ घण्टा पछि मात्र नियन्त्रणमुक्त गरिएको तनहुँ प्रहरीले जानकारी दिएको छ । रिहा भएपछि नेता पौडेलले लोकतन्त्र अपमानित भएको बताएका छन् ।

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरूले चर्को विरोध जनाएका थिए। व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो ।