June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सल्यानमा बस दुर्घटना हुदा २५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना हुदा २५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मंसिर १७, काठमाडौं ।
सल्यानमा बुधबार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलामा बुधबार अपराह्न बस दुर्घटनामा परेको हो ।

नेपालगञ्जदेखि रुकुमपश्चिमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस सडकदेखि करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसमा सवार २५ जना घाइतेमध्ये गम्भीर घाइते भएका ६ जनालाई नेपालगञ्ज, ४ जनालाई चौरजहारी अस्पतालमा पठाइएको र बाँकी १९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।