June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एनएमबि बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित

एनएमबि बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित

मंसिर १७, काठमाडौं ।

द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि एनएमबि बैंकलाई ‘बैंक अफ द इयर २०२०” अवार्ड प्रदान गरेको छ । २०१७ र २०१८ मा लगातार दुई पटक यो अवार्ड जितेको बैकले यो पुरस्कार तेस्रो पटक प्राप्त गरेको हो । बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा बिस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्जाल गरी १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यस्तै बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला ब्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै लगेको छ । देशको आर्थिक उन्नतिको सहयोगी बनेर आफूलाई फरक मूलधारको बैंकका रूपमा स्थापित गर्न एनएमबि सफल भएको बैकले जनाएको छ ।
एनएमबि बैंक ग्लोबल एलाएन्स फर बैकिङ अन भ्यालुजको नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको बैंकले जनाएको छ ।