June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार २ सय ४९ जनाको मृत्यु , मृत्यु हुनेको संख्या १५ लाख नजिक

पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार २ सय ४९ जनाको मृत्यु , मृत्यु हुनेको संख्या १५ लाख नजिक


मंसिर १८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार २ सय ४९ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ६ लाख २२ हजार ४ सय ४० जना संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।
विश्वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन् भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन् ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ४ सय ९८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ७० हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।