June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जन्ती बोकेको जीप दुर्घटनामा बेहुला बेहुलीसहित १३ जना घाइते

जन्ती बोकेको जीप दुर्घटनामा बेहुला बेहुलीसहित १३ जना घाइते

मंसिर १८, काठमाडौं ।
कैलालीको गोदावरीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

जिप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षीय वीरबहादुर सार्की गम्भीर घाइते भएका छन् अन्य घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी रहेका छन्।

बेलौरी नगरपालिका ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी वर्ष २५ की राधा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।