June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सुनको मूल्य प्रतितोला रु १ हजार ५ सयले उकालो

सुनको मूल्य प्रतितोला रु १ हजार ५ सयले उकालो

१८ मंसिर, काटमाण्डौ ।

स्थानीय बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु १ हजार ५०० ले वृद्धि भई रु ९२ हजार ६०० कायम भएको छ ।
बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन आज प्रतितोला रू. ९२ हजार १५० कायम भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ५५० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । चाँदी प्रतितोला रू. १ हजार २०५ कायम भएको छ । बुधवार चाँदी प्रतितोला रू. एक हजार १८५ मा कारोबार भएको थियो ।