June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क प्राप्त गर्ने

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क प्राप्त गर्ने

टोकियो ः जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोना भाइरस संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।

सरकारले ६ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी २ करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ । सैगरी, १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ । जापानका प्रधानमन्त्रीले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार निकै संवेदनशील रहेको बताएको र्२ हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

तुलनात्मक रुपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म २ हजार १०० जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार संक्रमित भएका छन् । त्यसैगरी, जापानमा अहिले अति कडा लक डाउन लागू गरिएको छैन । तर पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो । संक्रमितहरु भेटिनेक्रम जारी रहेको छ । रासस–एएफपी