June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको हृदयघातको कारण निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको हृदयघातको कारण निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालको अति सघन कक्षमा उपचाररत ७६ वर्षिय जमालीको उपचारकै क्रममा हृदयघात भएपछि निधन भएको हो ।
प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।
जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए । बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्री बनेका थिए ।